धनुषा – मिथिला नगरपालिका-९ बडहरीस्थित सडकमा ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक महोत्तरी एकडारा गाउँपालिका-३ बस्ने ४२ वर्षीय रामजीवन प्रसाद साहको सोही अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















