नेपाल भाषाको बृहत् अनलाइन शब्दकोश सार्वजनिक

756

काठमाडौँ — नेपाल भाषाको बृहत् अनलाइन शब्दकोश आइतबार सार्वजनिक गरिएको छ । ‘नेपाल भाषा डट ओआरजी’ मा २९ हजार भन्दा बढी शब्द समेटिएका छन् ।

नेपाल भाषामा यसअघि प्रकाशित शब्दकोषको सहयोगमा यी शब्द संकलन गरिएका हुन् । यसमा नेपाल भाषाका उखान, नेपाल भाषाका नामबारे पनि जानकारी राखिएको छ । यसको निर्माण दबुली संस्थाले गरेको हो ।  भर्चुअल सार्वजनिक कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता काशीनाथ तमोटले नेपाल भाषा शब्दकोषको विगत र वर्तमानबारे प्रकाश पार्दै अनलाइन शब्दकोषको विश्लेषण गरेका थिए ।

दबुलीका निर्देशक सुभाषराम प्रजापतिले शब्दकोषलाई डिजिटल बनाइएसँगै नेपाल भाषाका अन्य प्रकाशन पनि डिजिटलमार्फत उपलब्ध गराउन प्रयास थालिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here