स्नातक तहको परीक्षा माघ १८ गतेदेखि शुरू

234

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा माघ १८ देखि सञ्चालन गर्ने भएको छ।

एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

त्रिविले ३/४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षका नियमित, प्राइभेट, पूरा, आंशिक र मौकासमेतका साथै पाँच वर्षे विए एलएलवि पूरा, आंशिक र ३ वर्षे विए एलएलवि दोस्रो वर्षका नियमित परीक्षा संञ्चालन हुन लागेको जानकारी दिएको छ।

माघ १८ गतेबाट सञ्चालन हुने परीक्षालाई लिएर त्रिविले प्रकाशित गर्यो नयाँ  सुचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here