ग्रिन भिल्ला कोलोनीमा बस्दै आएका उमेश र सदीक्षाबीच ६ वर्ष अघि प्रेम विवाह भएको थियो । तर, उमेशको परिवारले सदीक्षासँगको विवाह रुचाएका थिएनन् । ससुराली परिवारसँग नजिकको सम्बन्ध बनाएर व्यवहार गर्दै आएका उमेश अमेरिका बस्दै आएका थिए । उनी दशैंमा घर आएका थिए ।
पति अमेरिका र पत्नी नेपालमै बसेपछि विवाद बढ्दै गएको थियो । सदिक्षा उमेशसँगै अमेरिका जान चाहेको बुझिएको छ । यसपटकको दशैंमा उमेश आएका थिए । सदिक्षा पनि उनीसँगै जान चाहेकी थिइन् । यही विषयले दुवैबीच विवाद थियो ।
















