कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज सबै स्थानीय तहमा विरोध प्रदर्शन

148

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शनिबार) सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक सूचना जारी गर्दै माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्।

यसअघि पुस १३ मा १६५ निर्वाचन क्षेत्र र पुस २५ मा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र गरिएको थियो। विरोधलाई विस्तार गर्दै स्थानीय तहसम्म पुर्‍याइएको छ।

साथै एक सातापछि वडा तहमा विरोध गर्ने कांग्रेसले जनाएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ। पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्‚’ सूचनामा उल्लेख गरिएको छ‚ ‘माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु।’

साथै प्रतिनिधि सभा विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै संविधानमा भएको व्यवस्था प्रतिकूल‚ जनभावनाविपरीतको कार्यविरूद्ध कांग्रेस एकमतका साथ उभिएको समेत सभापति देउवाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here