परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, आजै स्वदेश फर्कने

89

काठमाडौं । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेट्नुभएको हो ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटपछि ट्वीट गर्दै सिंहले ज्ञवालीसिंह फलदायी छलफल भएको उल्लेख गर्नुभएको छ ।

भारत र नेपालको सम्बन्ध सरकारबाट नभएर नागरिक–नागरिकबीच निर्देशित रहेको उल्लेख गर्दै सिंहले दुई देशबीच अनन्त सम्भावना रहेको समेत उल्लेख गर्नुभएको छ ।

आज ज्ञवालीले नेपाली दुतावासमा भारतीय पत्रकारसँग छलफल गर्नुभएको थियो । हिजो परराष्ट्रमन्त्रीस्तरिय नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको थियो । मन्त्री ज्ञवाली आज शनिबार अपरान्ह नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here