सुनकाे मूल्य ओरालो लाग्याे

52

काठमाडौँ — स्थानीय बजारमा पहेंलो धातुको मूल्य आइतबार पनि ओरालो लागेको छ । तोलामा नै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ ।

९२ हजारमा रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा मूल्य निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here