लागुऔषध ट्याब्लेटसहित ८ पक्राउ

178

काठमाडाैं  विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार मोरङ रतुवामाई नगरपालिका-४ आमबारीबाट सोमबार अपराह्न साढे ४ बजे दुई जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।  रतुवामाई-२ झुर्कियाका  ४२ वर्षीय मोहम्मद रफिक  मियाँ र भारत अररिया जिल्ला कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम  पक्राउ परेका छन्।

भारतीय नम्बर प्लेट बिआर३७यु ५८२३ नम्बरमा सवार दुबै जनाबाट १२६ ग्राम १४ मिलिग्राम खैरो हिरोइन (ब्राउनसुगर) फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। सोमबार बेलुका ६ बजे धरान उप-महानगरपालिका-१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका-२ का २८ वर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २० वर्षीय समीर तामाङ र २२ वर्षीय नवीन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित सोमबार अपराह्न ५ बजे बेलडाँगीबाट पक्राउ गरेको छ।यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका-४ का २२ वर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ का १५ वर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाइजोपिन  ३० सिसी र प्रोमोथाइजिन ३० सिसीसहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here