प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन

329

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विभाटन गरेसँगै नेकपा विभाजन भएको हो । नेकपाको विभाजनसँगै नेकपा निकट पत्रकारहरु पनि विभाजन भएका छन् ।

नेकपाका प्रचण्ड–माधव निकट पत्रकारहरुले आज मंगलबार प्रज्ञा भवन कमलादीमा भेला आयोजना गरेका छन् । जसलाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संबोधन गरेका छन् । त्यस्तै ओली निकट प्रेस संगठनले माघ ८ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाहलमा भेलाको आयोजना गरेको छ । जसलाई प्रधानमन्त्री ओलीले संबोधन गर्नेछन् । हाल सोही भेलाको तयारीमा ओली पक्षका पत्रकारहरु जुटेका छन् ।

पार्टी एकतापछि तत्कालीन नेकपा एमाले निकट प्रेस चौतारी र तत्कालीन माओवादी केन्द्र निकट प्रेस सेन्टर मिलेर प्रेस संगठनको स्थापना भएको थियो । जसको संयोजक महेश्वर दाहाल रहेका छन् । संयोजक दाहाल आज बोलाइएको भेलामा अध्यक्षता ग्रहण गरिरहेका छन् ।  नेकपा पार्टी विभाजनपछि नेकपा निकट संगठनहरु पनि तीब्र रुपमा विभाजन बन्दै गएका छन् । पौष ५ गते अघिसम्म काँध जोडेका बसेकाहरु त्यसपछिका दिनमा भने एकले अर्कालाई शक्ति देखाउने होडमा लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here