दाँत किराले खाएमा यी उपायहरु अपनाउनुस्

734

पाचन प्रक्रियामा दाँतको महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । खानालाई चपाउन दाँतको सबैभन्दा महत्त्पूर्ण कार्य हुन्छ । दाँतले व्यक्तिको सुन्दरतालाई पनि प्रभावित पार्ने कार्य गर्छ । तर दाँतको राम्रोसँग हेरचाह र ख्याल गरिएन भने समस्या उत्पन्न हुन्छ । किराले दाँतमा आक्रमण गर्दा त्यसको पीडा निकै हुने गर्छ ।

दाँतलाई जोगाउनका लागि नियमित ब्रस र खाना खाएपछि कुल्ला आदि कुरा गर्नु पर्छ ।

यसबाहेक दाँत किराले खानबाट जोगाउन तथा बलियो बनाउन निम्न कार्य गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न बिर्सनु हुँदैन ।

दाँत सही तरिकाले माझ्ने गर्नु पर्छ ।

दाँत माझ्दा नरम बुसको प्रयोग गर्नु पर्छ ।

सूर्तिजन्य पदार्थ  खानु हुँदैन ।

खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने गर्नु पर्छ ।

फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने गर्नु पर्छ ।

चकलेट, कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने गर्नु पर्छ ।

गर्भवतीले क्याल्सियमयुक्त खाना खानु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here