नेपाल एसियाको स्वीजरल्याण्ड : सद्गुरु

111
काठमाडाैं । भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।
यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए ।

केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको जनाएका छन् । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे । ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । यहाँ प्रकृति, संस्कृति र एडभेन्चर छ । तर, यसको व्यवस्थापन आवश्यक छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here