कांग्रेसले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना

236

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ।

कांग्रेसको शिक्षा केन्द्रीय विभागले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ।

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७/७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पुर्‍याएको जनाएको छ।

बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here