प्रतिनिधि सभा विघटनको सिफारिसलाई लिएर राष्ट्रपतिको भूमिकामाथि प्रश्न

101

अधिवक्ता गोपालकृष्ण घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको सिफारिसलाई परामर्श नगरेकोप्रति अदालतमा प्रश्न उठाएका छन्।

प्रतिनिधि सभा विघटन विरुद्ध संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता घिमिरेले भने, ‘राष्ट्रपति भण्डारीले कसैसँग परामर्श समेत गर्नुभएन। छलफल हुन सक्दथ्यो। यसमा उहाँको चासो परेन।’

गायिका अन्जु पन्तको चर्चित गीत ‘न बिर्सें तिमीलाई, न पाएँ तिमिलाई’ इजलासमा घिमिरेले स्मरण गरेका छन्। संविधान निर्माणको क्रममा चर्चित रहेको गीतलाई सम्झँदै उनले संसदलाई ‘न बिर्सन सकिने न पाउन सकिने’सँग तुलना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here