ओमानमा कोरोनाको नयाँ स्वरुपका कारण जमघट हुन निषेध

214

काठमाडाैं  – कोरोनाको नयाँ स्वरुप देखिएसँगै ओमान सरकारले सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा पूर्णतया प्रतिबन्ध लगाएको छ ।

ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको ओमानको लागि नेपाली दूतावासले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि थप कडाइ गर्दै कमिटीले सावधानीका उपायमा बढी सचेत हुन आग्रह गरेको छ ।

कोरोनाको संक्रमण बढेसँगै ओमानमा रहेका नेपाली नागरिकलाई त्यहाँको कानुनबमोजिम चल्न र निर्देशनहरु पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ ।

यस विषयमा थप बुझ्नु परेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here