सीसीएमसीको प्रमुख कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

103

काठमाडौं । कोभिड–१९ निर्देशन समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी निर्देशक (सीईओ) मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त भएका छन्।

नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो। सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले शर्मालाई सीइओमा नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जनाए।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीमा जेठ ७ गते नयाँ अध्यादेश जारी गरी कोभिड–१९ निर्देशक समिति मातहतमा ल्याएको थियो। नयाँ व्यवस्थाअनुसार यसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here