मार्क्सबादी एकता अभियानको संयोजकमा प्रा. अधिकारी चयन

264

काठमाडौँ । मार्क्सबादी एकता अभियानको संयोजक प्राद्यापक रमेश अधिकारी चयन भएका छन ।

बिहिवार बसेको मार्क्सबादी एकता अभियानको सचिवालय बैठकले अभियानको संयोजकको जिम्मेवारीमा प्राद्यापक रमेश अधिकारीलाई सर्बसम्मतिबाट चयन गरेको हो ।

अभियानका निबर्तमान संयोजक डा. शम्भु कट्टेल क्यानाडा बसोबास गर्दै आएकाले उनलाई विदेश विभागको जिम्मेवारी तोकिएको बुझिएको छ। अभियानको बिहिवारको बैठकले सरकारबाट नागरिक आन्दोलनमाथि भैरहेको नांगो दमनको बिरोध समेत गरेको सचिव राजेन्द्र देशभक्तले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here