नेता कन्चनलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतकाे आदेश

77

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेस्रो वरीयताका नेता धमेन्द्र बाँस्तोला (कन्चन)लाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दिप्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै बाटोको म्याद बाहेक २४ घण्टाभित्र बाँस्तोलालाई उपस्थित गराउन बिहीबार आदेश दिएको हो।

उनलाई पक्राउ गर्नुको कारण, थुनामा राखिराख्नु पर्ने कारणसहित लिखित जवाफ पनि पेश गर्न प्रहरी प्रधान कार्यालयलाई सर्वोच्चले आदेश दिएको हो।

बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध नख्खुस्थित् एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here