प्रतिगमनकारी कदममा साथ नदिन ज्ञापनपत्र बुझाए

153

काठमाडौं । राज्यको ढुकुटी प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदममा साथ नदिन भन्दै अनेरास्ववियूले स्थानीय निकाय समक्ष ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्रीद्धारा गरिएको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा रहेको संगठनले जनताको आन्दोलन बढेसँगै केपी ओली नेतृत्वको समूहले पन्च र्याली आयोजना गर्न थालेको र यस्ता र्याली व्यवस्थापनमा स्थानीय सरकार लागेको भन्दै त्यसमा साथ नदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

संगठनले आफूहरुको आग्रहलाई वेवास्ता गरी प्रतिगमनलाई सहयोग पुर्याउने काम गर, राज्यको स्रोत साधन प्रयोग गर्न दिएमा जनताको तर्फबाट उचित भण्डाफोर एवं जनताद्धारा बहिस्कृत हुने कुरा हेक्का राख्न चेतावनी समेत दिएको छ ।

‘विभिन्न पेशा व्यवसाय, नागरिक समाज पनि व्यवस्थाको रक्षा र जनअधिकारको पक्षमा आन्दोलनमा उत्रेको अवस्था छ । आन्दोलन विस्तारै तेस्रो जनआन्दोलन निर्माणको दिशामा अगाडि बढिरहेको छ । जनताको आन्दोलन बढेसँगै केपी ओली र उनको नेतृत्वको प्रतिगामी काम चलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने गरी पन्चर्याली आयोजना गर्न थालेको छ,’ संगठनका सहसंयोजक रंजित तामाङद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता र्यालीहरुको व्यवस्ूथापनमा स्थानीय सरकार लागेको र राज्यको शक्ति र स्रोतहरुको दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । प्रतिगमनलाई सहयोग गर्ने, राज्यको ढुकुटी ब्रम्हलुट गर्ने यस्ता हर्कतलाई जनताले सुक्ष्म अनुगमन गरिरहेको हामी स्पष्ट पार्न चाहान्छौं ।’

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध निरन्तर आन्दोलनका कार्यक्रम घोषणा गरेको संगठनले माघ १८ र १९ गते स्थानीय निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here