— राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसको समस्याले नेपाली जनतालाई प्रभावित नतुल्याउँदै छिमेकी देश भारतमा यसको व्यापकता देखापरि सकेको थियो । सीमाना खुल्ला भएका कारण संक्रमित व्यक्तिहरुको आवागमन पनि खुल्ला नै हुनाले नेपालमा संक्रमणको विस्तार भएको हो भन्ने कुरा स्पष्ट छ । प्रधानमन्त्री केपी ओलीले नेपाललाई शिवको तपोभूमि भएकाले नेपालीहरुलाई कोरोनाको संक्रमण त्यति सजिलै हुन नसक्ने दावी संसदमै सम्बोधनका क्रममा गर्नु भएको थियो । प्रधानमन्त्रीको यो दावीले पनि नेपाली जनतामा संक्रमणको प्रभाव नदेखिएकोमा अभिव्यक्त भएको विश्वासको रुपमा लिन सकिन्छ । तर जव भारतबाट नेपालीहरु नेपाल तर्पm आउने क्रम बढेर गयो । त्यो सँगै संक्रमणको विस्तार पनि अनौठो ढंगले बढेर गयो । नेपालीहरुले जतिसुकै सावधानी अपनाए पनि भारतको खुल्ला सीमानको प्रभावले हामीलाई अछुतो बन्न दिएन ।
अहिले नेपालमा कोरोनाको संक्रमण दर घटेको छ । यो अवस्थाले अव हामी संक्रमण मुक्त हुँदैछौ भन्ने आशा पलाएको पनि छ । तर नेपाल बाहिरका कतिपय देशहरुमा दोस्रो प्रजातिको कोरोनाको संक्रमण व्यापक भइरहेको छ । कोरोनाको संक्रमणलाई थप विस्तार हुन नदिन खोपको विकास गर्ने प्रतिस्पर्धा नै चल्यो । भारतले पनि त्यही रुपमा खोपको विकास गरेको छ । भारतमा उत्पादित खोप नेपाललाई अनुदानका रुपमा दिइएको प्रचार पनि व्यापक गरियो । आज यी शब्दहरु लेख्न बसिरहँदाको समयमा देशका सातै प्रदेशमा खोप पु¥याइ सकिएको समाचार बाहिर आएको छ । ६२ वटा अस्पताल र एकसय वीस वटा केन्द्रबाट खोप लगाउने अभियान थाल्ने कुरा गरिएको छ । यो खबरले निश्चय पनि संक्रमणको खतराबाट नेपालीहरुलाई राहत मिलेको मान्न सकिन्छ । तर खोपको प्रभाव दोस्रो प्रजातिको कोरोनालाई हुने सम्भावना निक्कै कम भएको कुरा स्वाथ्यविज्ञहरुले गरिरहेका छन् । त्यसैले खोपप्रति ढुक्क भएर बस्ने अवस्था छैन ।
जानकारीमा आए अनुसार प्रदेश–१ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ नाम गरेको भारतबाट ल्याइएको खोप लगाइने भएको छ ।
प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ र ७ सय २५ सरसफाइ कर्मचारी गरी कुल ३५ हजार ५ सय ७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने पनि जनाइएको छ । यस्तै तरिकाले स्वास्थ्यकर्मीहरुमा मात्र खोपको परिक्षण गरिने संकेत सरकारले गरेको देखिन्छ । सरकारका उच्चपदासीन व्यक्तिहरुमा नै खोपप्रति विश्वास छैन भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेन स्वंयम्ले खोप लगाएर खोपप्रतिको विश्वास जगाउने काम गरेका छन् । यस्तो कामको सिको नेपालका नेताहरुले किन गर्न सक्दैनन् ?
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश–२ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जनाए।
प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६ जनालाई खोप लगाइनेछ।
यस्तै, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ।
















