हत्या घटनामा संलग्न मृतकका भाई बिरेन्द्र यादव, सन्तकुमार यादव, सियारी गाउँपालिका २ का रामबेलास यादव, बुद्धिराम कोहार, हत्या घटनाका सहयोगी सिद्धार्थ नगरपालिका ११ का राकेश यादव, अफताफ मुसलमानलाई पक्राउ गरिएको र थप दुई जना फरार रहेको एसपी पोखरेलले बताए ।
यस्तो छ घटना विवरण
माघ ५ गते मृतकका भाइ बिरेन्द्र यादव बिहानैदेखि मदिरा सेवन गरेर भारतको नौतनवामा बसेका थिए । त्यसपछि सन्तकुमार र सोनु मुराउ मोटरसाईकलमा नौतनवा पुगेर पुनः मदिरा सेवन गरेका थिए ।
सोनु मुराउले ५० रुपैयाँ भारुको पाइप र सय रुपैयाँ भारुको निद्रा लाग्ने औषधी किनेर चार जना नेपाल तर्फ फर्केका थिए । नेपाल आए पछि जितेन्द्र यादवको भट्टीमा पुनः मदिरा सेवन गर्ने बेलामा भाई बिरेन्द्रले मदिरामा निद्रा लाग्ने औषधी मिसाएर दाजुलाई खुवाएपछि अर्धचेत भएका थिए ।
त्यसपछि अफताफ मुसलमान र राकेशलाई सन्तकुमार यादवले मोटरसाइकलसहित बोलाएर प्लाष्टिक बोतलमा पेट्रोल निकालेर एउटा मोटरसाईकलमा राकेशकुमार यादव र वीरेन्द्र तथा अर्को मोटरसाईकलमा सन्तकुमार, राजेन्द्र र सोनु मुराउ घटना स्थलमा पुगेका थिए ।
बीचबाटोमा राकेश र अफताफ आफ्नो गन्तब्यतिर लागे पनि बाँकी ४ जना सन्तकुमार यादवको मोटरसाइकलमा घटनास्थल गैरीगट्टीतर्फ पुगेका थिए । बेहोस भएका राजेन्द्र यादवलाई मोटर साईकलबाट झारेर नौतनवाबाट किनेर ल्याएको पाइपल घाँटीमा कसेर केहि बेर सम्म खुट्टाले समेत घाँटी थिचेर हत्या गरेका थिए ।
त्यसपछि घिसारेर ढिकमुनी फाल्ने क्रममा उनको पाइन्ट खसेको र त्यसबाट कुकुरको सहायताबाट हत्यारा पत्ता लगाउन सकिएको प्रहरीको भनाई छ । हत्या घटनाको मुख्य योजनाकार बुद्धिराम कोहारले मृतकका काकाबाट नगद २० हजार र अर्को पटक ५० हजार गरि मृतकका ७० हजार रुपैयाँ सापटी लिएको समेत बुझिएको छ ।

















