२३४ न्यायाधीशको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूचिसहित

312

 काठमाडौं / न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद्को बैठकले एकैपटक २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको हो । सरुवा हुनेमध्ये उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश रहेका छन् ।

परिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरुवा गरेका हुन् । परिषद्का अध्यक्ष प्रधानन्यायाधीश नै हुने व्यवस्था छ ।

सरुवा भएका न्यायाधीश को कहाँ पुगे ?

तेजबहादुर कार्की उच्च अदालत पाटन, शिवनारायण यादव उच्च अदालत तुलसीपुर, शेषराज सिवाकोटी उच्च अदालत तुलसीपुर (बुटवल इजलास), मोहनबहादुर कार्की उच्च अदालत पोखरा (बाग्लुङ इजलास), विनोद शर्मा उच्च अदालत विराटनगर, बाबुराम रेग्मी उच्च अदालत जनकपुर, नीता गोतम दीक्षित उच्च अदालत विराटनगर (धनकुटा इजलास), शिवराज रेग्मी र थीरबहादुर कार्की उच्च अदालत दिपायल, रामचन्द्र यादव उच्च अदालत पोखरा, पुष्पराज कोइराला उच्च अदालत जनकपुर, प्रेमराज कार्की उच्च अदालत विराटनगर पठाइएको छ ।

त्यसैगरी, राजकुमार वन उच्च अदालत दिपायल, द्वारिकामान जोशी उच्च अदालत पोखरा (बागलुङ इजलास), शारंगा सुवेदी उच्च अदालत दिपायल महेन्द्रनगर इजलास, रत्नबहादुर बाचन्द उच्च अदालत सुर्खेत (जुम्ला इजलास), वीरबहादुर डाँगी उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), प्रेमराजा ढकाल उच्च अदालत पाटन (हेटौंडा इजलास), हेमराज पन्त उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास), विनोदप्रसाद शर्मा उच्च अदालत पोखरा सरुवा भएका छन् । त्यस्तै, बालकृष्ण उप्रेती उच्च अदालत जनकपुर, वीरेन्द्रकुमार कर्ण उच्च अदालत विराटनगर (धनकुटा इजलास), हरिप्रसाद वगाले उच्च अदालत विराटनगर, लेखनाथ घिमिरे उच्च अदालत विराटनगर, प्रभा बस्नेत र माधवप्रसाद पोखरेल उच्च अदालत पाटनमा सरुवा गरिएको छ ।

यस्तै, भीमकुमार ओझा उच्च अदालत जनकपुर (काज अस्थायी इजलास वीरगञ्ज) केशवराज जोशी उच्च अदालत तुलसीपुर (बुटवल इजलास), प्रमोदकुमार श्रैष्ठ वैद्य उच्च अदालत पोखरा, श्रीमणकुमार गौतम, हरिप्रसाद भण्डारी, श्रीकान्त पौडेल, टेकप्रसाद ढुंगाना, ईश्वरराज आचार्य र लोहितचन्द्र शाह उच्च अदालत पाटन, कृष्ण गिरी उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती उच्च अदालत दिपायल, शेहरप्रसाद पौडेल उच्च अदालत विराटनगर, रामप्रसाद अधिकारी उच्च अदालत पाटन (हेटौंडा इजलास), गोपाल भट्टराई र अग्निप्रसाद थपलिया उच्च अदालत जनकपुर तथा रमेशकुमार पोखरेल उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) पठाइएको छ ।

त्यसैगरी, ऋषिराज दवाडी र शालिग्राम कोइराला उच्च अदालत तुलसीपुर, नित्यानन्द पाण्डे, शान्तिसिंह थापा र रमेशकुमार खत्री उच्च अदालत सुर्खेत, दिनेशप्रसाद यादव, रवि शर्मा अर्याल, यमुना भट्टराई र विष्णुप्रसाद कोइराला उच्च अदालत विराटनगर (इलाम इजालास), नरबहादुर शाही उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास, नारायणप्रसाद पोखरेल उच्च अदालत तुलसीपुर (बुटवल इजलास), भोजराज अधिकारी र अनन्तराज डुम्रे उच्च अदालत पाटन, हरिप्रताप केसी उच्च अदालत पाटन (हेटौंडा इजलास) सरुवा भएका छन् । कृष्णबहादुर थापा उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), अच्युतप्रसाद भण्डारी उच्च अदालत तुलसीपुर (बुटवल इजलास), साधुराम सापकोटा उच्च अदालत सुर्खेत, जुम्ला इजलास र जनक पाण्डेलाई उच्च अदालत दिपायल पठाइएको छ ।

त्यसैगरी, वामदेव ज्ञवाली, खुशीप्रसाद थारू, रामबहादुर थापा र निलम पौडेल उच्च अदालत पटन, गोकर्ण डाँगी उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास), मुनेन्द्रप्रसाद अवस्थी उच्च अदालत पोखरा (बागलुङ इजलास), मदन पोखेरल उच्च अदालत तुलसीपुर बुटवल इजलास, टंकप्रसाद गुरुङ उच्च अदालत दिपायल (महेन्द्रनगर इजलास) सरुवा भएका छन् । यस्तै, हरिप्रसाद पौडेल उच्च अदालत तुलसीपुर बुटवल इजलास, तेज नारायणसिंह राई उच्च अदालत विराटनगर, शकुन्तला घिमिरे उच्च अदालत जनकपुर, राजेशकुमार काफ्ले उच्च अदालत विराटनगर (अस्थायी इजलास ओखलढुंगा), नवराज थपलिया उच्च अदालत तुलसीपुर बुटवल इजलास र अन्जु उप्रेती ढकाल उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) तथा बालमुकुन्द बवाडी र नागेन्द्रलाल कर्ण उच्च अदालत पाटन (हेटौंडा इजलास) सरुवा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here