‘विप्लव’ नेकपाले सेतो नम्बर प्लेटका गाडीहरु चल्न नदिने घोषणा

418

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाउने भएको छ ।

पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखी यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरू गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरू सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ मध्यपश्चिम कमाण्डका इन्चार्ज वीरजङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा गाउँ गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय आवाजहरूलाई बन्द गर्ने तथा जनप्रतिनिधिहरू नै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पत्तिको दोहन गरिरहेको आरोप छ ।

कतिपय जनप्रतिनिधिहरू नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले पार्टीले आगामी दिनमा सबै हकर्तहरु बन्द गर्ने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here