साउनमा हरियो चुरा,पोते र मेहन्दी किन्न भ्याइनभ्याइ

775

 काठमाडौं / साउनको आगमनसँगै महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।

 साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने हुँदा यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने व्यपारीहरु जनाउँछन् ।

साउनमा हरियो चुरा,पोते र मेहन्दीको लागि तस्बिर परिणाम साउन महीनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने हुँदा हिन्दू महिलाले साउन महीनालाई विशेष महीनाका रुपमा लिने गरेका छन् ।

व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ ।

सम्बन्धित छविसाउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजारमा यी सामानहरुको खरीद–बिक्री पनि बढेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here