हिन्दु महासंघका महासचिव भण्डारी पदमुक्त

148

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले महासचिव अस्मिता भण्डारीलाई पद मुक्त गर्नु भएको छ । यही मंसिर २४, २५ र २६ गतेको लागि काठमाडौंमा आयोजना भएको सो महासंघको महासम्मेलनमा अध्यक्षको निर्वाचन प्रक्रियामा विवाद सृजना भएपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि २५ गते राती महासम्मेलनको महासभा रोकिएको समाचार प्राप्त भएको थियो । अध्यक्षको प्रत्यासी उम्मेदवारको रूपमा किशोरकुमार गौतम व्यासाचार्य र महासचिव अस्मिताले उम्मेदवारी दिएका थिए । महासभा रोकिए पनि आफ्ना पक्षधरको आडमा एकलौटी रूपमा भण्डारीले आफूलाई आफूखुशी कार्यवाहक अध्यक्ष घोषणा गराएको सुन्नमा आएको स्रोतले जनाएको छ ।

यसरी स्वघोषित का.वा. अध्यक्ष हुने व्यवस्था कुनै पनि संघसंस्थामा नहुने कानूनविज्ञहरू बताउँछन् । महासभा वा निर्वाचन प्रक्रिया पूरा भएर अर्को अध्यक्षले जिम्मेवारी नलिएसम्म पुरानै अध्यक्ष रहने विश्वव्यापि मान्यता हो । नयाँ प्रधानमन्त्री नियुक्ति नभएसम्म पुरानो प्रधानमन्त्रीले राजीनामा दिएपनि उसले नै जिम्मेवारी संहालेको हुन्छ । त्यस्तै महासंघमा पनि यस्तो अवस्थामा पुरानै कार्यकारिणी समितिले नै जिम्मेवारी बहन गर्नुपर्ने आसय महासंघका पदाधिकारी तथा सदस्य एवं सरोकारवालाहरूको रहेको बुझिन्छ ।

अस्मिता भण्डारीले अध्यक्षको निर्वाचन रोकिएपछि आफूलाई आफूखुशी अध्यक्ष घोषणा गराउने, अर्का अध्यक्षका उम्मेदवार किशोरकुमार गौतम पक्ष, आफू (चक्रबन्धु), र कार्यकारिणी समितिका मुख्य पदाधिकारी एवं सदस्यहरू, महासभाका अधिकांश प्रतिनिधिहरू र अन्य सरोकारवालाको सहमति नलिई तथा जानकारी नै नगराई महासंघको कार्यालयलाई अवैधानिक ढङ्गले नियन्त्रणमा लिइ एकलौटी कब्जा गर्ने, अनाधिकृत प्रचारबाजी गर्ने, कार्यालय, संस्थाको लेटरहेड, छापको दुरुपयोग गरी अनाधिकारिक समाचार संप्रेषण गराउने, अर्का अध्यक्षका उम्मेदवार किशोरकुमार गौतमको बारेमा मानमर्दन हुनेगरी अवाञ्छित अफवाह फैलाउने दुष्साहस जस्ता महासंघको उद्देश्य एवं हितविपरित काम गरेकोले उनलाई विश्व हिन्दु महासंघको विधान २०६३ (संशोधन सहित) को अनुच्छेद २० को दफा ३ र ६ बमोजिम महासचिवबाट पदमुक्त गरेको व्यहोरा श्री पाँचको सरकारको पूर्व रक्षासचिवसमेत रहेका महासंघका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोधार्थ गराएको कारवाही पत्रमा उल्लेख भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here