शंकरको संगीत,बिष्णुको शब्दमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )

201

काठमाडौं । दर्जनौ चर्चित गीतहरुका लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘दिलको हरन’ सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर  रहेको छ।  गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ भने  उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्कालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here