लागु औषध अफिमसहित पुरुष पक्राउ

165

काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो ।

म्याक्सको साथबाट ३ किलो अफिम बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी दिलीप चौधरीले जनाए ।
माईलाले मकवानपुरको टिष्टुङबाट सो अफिम ल्याएको प्रहरीलाई बताएका छन् । अफिमलाई प्रशोधन गरेर ब्राउन सुगर बनाइन्छ ।  उनी ०३९ देखी लागु औषध कारोबारमा सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अफिम कारोबार गर्नेलाई अदालतले १५ वर्ष देखी जन्मकैद सम्म गर्न सक्छ । सो ऐन अनुसार ५ देखी २५ लाख जरिवाना गर्न सक्ने ब्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here