ओमानका विदेशमन्त्रीहमूद नेपाल आउने

25

काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्।

विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मंगलबार फर्किने तालिका रहेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ।

विदेशमन्त्री अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here