माङ्साहुती होम सम्पन्न

35

ललितपुर ।  ललितपुरको बटुक भैरव मन्दिर परिसरमा माङ्साहुती होम  भाद्र ८ गते  शनिवार सम्पन्न भएको छ ।

लगनखेल वातावरण सुधार संस्थाको आयोजनामा ललितपुर श्री करूणामय मच्छिद्रनाथ साथै मिमनाथ जात्रा समापन गर्नका लागि बटुक भैरव मन्दिरमा तान्त्रिक विधिपूर्वक माङ्साहुती यज्ञ गरेर बटुक भैरव मन्दिरमा बज्रार्चाय पुराेहितले राताे मच्छिन्द्रनाथकाे जात्रा स्वर्ग पातालमा यस बर्षकाे जात्रा सम्पन्न भएकाे सन्देश पठाउनका लागि भंगेरा उडाउनुका साथै तथा  सप्तपाताल पोखरीमा माछा छोड्ने कार्य गरेका थिए ।

ललितपुर महानगरपालिका पुल्चोकको सहयोगमा सम्पन्न भएको कार्यक्रममा उपमेयर उपमेयर मञ्जली शाक्य बज्राचार्यको लगायत पलेस्वां पुखु बचाउ अभियान्ताहरू तथा सम्पदाप्रेमीहरूको समेत उल्लेख्य उपस्थिति जनाएको थियो ।

     

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here