आज अष्ट्रेलिया बिरुद्धको खेलमा नयाँ खेलाडिलाई ‘डेब्यु’ गराउँदै

220

काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अबसर पाउन सक्ने जनाएका छन् । उनले सबैथोक ठीकठाक रहे आयुष घलान, सूरज जेउ ठकुरी र कमल थापा खेल्न सक्ने जनाएको हो ।

नेपालले विश्वकप फुटबल २०२२ र एशिया कप फुटबल २०२३ को छनोट खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्ब सन्ध्यामा कुवेतमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक अलमुतैरीले अष्ट्रेलिया बिरुद्ध खेल्नु नयाँ खेलाडीका लागि समस्या निम्तिने भएपनि उनीहरुका लागि खेल्नु महत्वपूर्ण हुने प्रतिक्रिया दिए ।

उनले भने, “हामीले अष्ट्रेलिया बिरुद्ध अर्को राम्रो खेल पस्किने आशा गरेका छौं, हाम्रो खेल्ने तरिकामा सुधार आएको छ र प्रशंसकलाई खुशी तुल्याउन सकेका छौं ।”

अष्ट्रेलियाका प्रमुख प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाल एक कडा मीहिनेत गर्ने टिम रहेको र हामी खेल्न उत्सुक रहेको जनाए। अष्ट्रेलियाली प्रशिक्षक आनोल्डले भने, “उनीहरु फरक तरिकाले खेलेका छन्, प्रशिक्षकले समेत राम्रो गरेका छन्, नेपाललाई हामीले सम्मान गर्छौं ।”

प्रशिक्षक आर्नोल्डले समेत नेपाल बिरुद्धको खेलमा प्राथमिकताका नियमित खेलाडीमा केही बदलाब ल्याउने संकेत गर्नुभएको छ । नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको अन्तिम खेलमा आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङशालामा राति पौने दश बजेबाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here