आज दलका शिर्ष नेतृत्वहरुको बैठक बस्दै

52

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न दलका शिर्ष नेतृत्वहरुको बैठक आव्हान गरेका छन् ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत डाकिएको उक्त बैठकमा देशको पछिल्लो अवस्था र समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

सभामुख सापकोटाको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतृत्वहरुलाई बैठकमा सहभागी हुन भन्दै लिखित निमन्त्रणा पठाइएको हो ।

बैठक आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरको लोहोत्से हलमा बस्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएसँगै संसदको बैठक बोलाउन दबाब परिरहेको बेला सभामुखले पहिलोपटक संसदमा नेतृत्व गर्ने सबैदलका शिर्ष नेतृत्वहरु तथा प्रर्वप्रधानमन्त्रीहरुलाई बैठकका लागि आव्हान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here