काठमाडौं -नेपालमा कोरोना भाइरसका आज १ हजार ४४ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका साथै १२ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ।


















