एनआईसी एसिया लघुवित्त वित्तकाे १५ करोड ९७ लाख खुदनाफा

118

काठमाडौं -एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ बचत संकलन गरेको छ । निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा छ ।
संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्नेर गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर गरिसकेको छ । मर्जरपछि एनआईसी एसिया सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्तापुँजी भएको संस्था बन्नेछ ।
संस्थाको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरूमा समेत गरी १ सय २० शाखा सञ्चालनमा छन् भने स्वदेशी लघुवित्तको देशभरि ८५ शाखा सञ्चालनमा छन् । मर्जरपश्चात कुल शाखा संख्या २ सय५ शाखा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here