नेपालमा आज थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

98

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार दुई सय ८९ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २ हजार ४०० छन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३० जनाको मृत्यु भइसकेको छ।  पछिल्लोपटक २५९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६६ हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।  निको हुनेको दर ९८ दशमलव चार पुगेको छ।  हाल क्वारेन्टाइनमा रहनेको संख्या ९५ छ। नेपालमा हालसम्म २० लाख ७८ हजार ९८ जनाको पिसिआर परीक्षण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here