नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

48

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी मुद्दा तयार गरेको छ । नौ जनाको छु्ट्टाछुटै विगो कामय गरिएको छ । मुद्दा दायर गरिएका अन्यमा सिडिइी नविनकुमार पोखरेल (मेकानिकल), सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा,शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लिका प्रबन्ध निर्देशक रोहित मान प्रधान,मेपटेक विल्डिंग सर्भिसेस प्रा.लिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ छन् ।

सुरक्षण मुद्रण केन्द्रले ‘पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज फ्यूल स्टोरेज ट्यांक’ को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन ‘इलेक्ट्रोनिक ट्रान्सफर’ स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने ‘बल्क फ्युल सिस्टम’को खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उनीहरुमाथि आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा छ ।

आरोपपत्र

प्रकाशित : वैशाख ३, २०८० १६:००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here