काठमाडौं – प्रतिनिधि सभा विघटनपछि विरोध अभियान चलाउँदै आएको बृहत् नागरिक आन्दोलनको ट्विटर अकाउन्ट साइबर सेनाको आक्रमणमा परेको जनाइएको छ।
बृहत् नागरिक आन्दोलन सुरु भएयता ट्विटर अकाउन्ट सञ्चालनमा थियो। त्यहाँबाट मुलतस् आन्दोलनका सूचना, समाचार, आन्दोलनका अपिल र आह्वानहरु यसबाट प्रसार गर्ने गरिएको थियो। सो अकाउन्टको लोगोमा लोकतन्त्रलाई झुण्ड्याइएको छ : प्रतिकात्मक रुपमा केपी शर्मा ओली सरकारले लोकतन्त्रको हत्या गर्न खोजेको भन्ने सन्देश दिने चित्र ह्यान्डलको प्रोफाइलमा प्रयोग गरिएको थियो। यसैलाई ‘ग्राफिक भायोलेन्स’ भन्ने मानेर ट्विटरले ब्लक गरेको जनाइएको छ। ट्विटरलाई ब्लक गर्ने बनाउनका लागि ओलीका समर्थक ९साइबर सेना०ले अकाउन्ट विरुद्ध मास रिपोर्टिङ गरेको बृहत नागरिक आन्दोलनका अभियन्ता उज्ज्वल प्रसाईले जनाए।
पछिल्लो समय सामाजिक सञ्जालहरुमा आफ्नो उपस्थिति बलियो देखाउन र विपक्षीलाई हतोत्साही गर्न प्रधानमन्त्री निकट समूहले साइबर सेनाुलाई सक्रिय बनाएका समाचार सार्वजनिक भएका छन्। कतिपय नेताहरुले सार्वजनिक रुपमै त्यस खालका अभिव्यक्ति पनि दिने गरेका छन्।

















