चीनले कोरोना नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने

124

काठमाडौं – चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो। कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रीनिकट स्रोतले जाएकाेे छ । यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो।

अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन।

चिनियाँ भ्याक्सिनलाई अनुमति दिनेबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here