अमेरिकामा लाशसँग यौन सम्पर्क

37

एजेन्सी-अमेरिकाको जर्जियामा एक व्यक्ति एक महिलाको लाशसँग यौन सम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका छन् । केन्नी ओबरन ह्वाइहेड नामका ५५ वर्षका ती व्यक्तिलाई म्याकोनको डेब्रेक डे रिसोर्स सेन्टरबाहिर लाससँग सम्भोग गरिरहेको अवस्थामा पक्राउ गरेपछि हिरासतमा राखिएको छ ।

न्यूयोर्क पोस्टका अनुसार पुलिसलाई सार्वजनिक रुपमा एक जोडीले सम्भोग गरिरहेको सूचना प्राप्त भएको थियो । ‘पुलिस घटनास्थलमा आइपुग्दा उनीहरुले दुई जनालाई यौनमा लिप्त देखे’ पुलिसले एक स्टेटमेन्टमा भनेको छ ‘जब ती पुरुषलाई उठेर कपडा लगाउन भनियो त्यसपछि महिला अचेत भएको थाहा भयो ।’  डाक्टरहरुले जाँचपछि ती महिला केही समय अगाडि नै मृत्यु भइसकेको बताए। महिलाको पहिचान खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here