सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ

66

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सापकोटाले अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्‌मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए।

मंसिर ३० गते आफ्नो उपस्थितिबिना बसिएको बैठकबाट ल्याइएको अध्यादेशमार्फत गरिएको नियुक्ति गैरकानुनी भएको जिकीर गर्दै सापकोटाले रिट दर्ता गराएका थिए। यसरी गरिएको सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्‌मा सिफारिश सबै पदाधिकारीलाई सपथ गराएका थिए।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरुलाई रिटमा विपक्षी बनाइएको छ। अख्तियार, मानव अधिकार आयोगलगायत निकायमा ३४ जनाले सपथ लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here