काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ ।
यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क २०८१ पुस २ गतेदेखि पुस २५ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस छुट बीमा अवधि भरी एक पटक मात्र पाइने कम्पनीले जनाइएको छ ।
सो अवधिसम्ममा नवीकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ ।



















