काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) ले २८५७औँ सोनम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।
काठमाडाैं उपत्यका वरिपरि लगायत अन्य जिल्लाहरुमा बसोबास गर्दै आउनुभएका तामाङ्ग जातिले करिव ३० हजारबर्षदेखि नै यहाँ बस्दै आएको कथन रहेकाे छ। १२ वटा पशुपन्छिको नाममा बर्ष मान्ने यो जातिको हिजो मुसा बर्ष सिधिएर गाई बर्षको शुभारम्भ भएको छ।
जनता समाजवादी पार्टी, नेपालको वरिष्ट नेता राजेन्द्र महतोज्युको प्रमुख आतिथ्यतामा, बिशिस्ट अतिथी प्रभावशाली नेता राजेन्द्रप्रसाद श्रेष्ठको विशेष आतिथ्यमा २८५७ औँ (लङ म्हे ल्हो ) सोनम ल्होछारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पार्टीको ताम्सालिङ राष्ट्रिय समिती र तामाङ संघले सयुक्त आयोजना गरेको थियो। अध्यक्षता इन्चार्ज कृष्ण घलानले गरेको थियो।





















