काठमाडौं । एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्क’ नामक योजना सार्वजनिक गरेको छ ।
योजना अवधिभर ५ सयभन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिने बैङ्कले जनाएको छ । साथै सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ ।
काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनका लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैङ्कले जनाएको छ । ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १÷१ जनालाई बैङ्कले थप आकर्षक उपहारको व्यवस्था पनि मिलाएको जनाएकाे छ ।
त्यसैगरी, नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम सय जनालाई बैंकले सयको मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।
यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैङ्कको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश नगरिएको बैङ्कले जनाएको छ । यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैङ्कको छ ।
















