ग्रीनलाइफको आइपीओ बाँडफाँट

96
काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट भएको हो । ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । यसआधारमा २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ । १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो ।
ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । ग्रीनलाइफले ४० मेगावाट जडित क्षमताको ‘खानीखोला १ जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here