त्रिभुवन विमानस्थलमा सुनसहित दुई पक्राउ

101

काठमाडौं-प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ घर भएका चित्र शेर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का रमेश तामाङलाई पक्राउ गरिएको हो। कतार एअरवेयको उडानमार्फत् दोहाबाट काठमाडौं आएका तामाङले दुई थान सुनका बाला ल्याएका थिए।

उक्त सुनका बाला लिन विमानस्थलको पार्किङ एरियामा शेर्मा पुगेका थिए। शेर्मालाई शंका लागि पक्राउ गरेर सोधपुछ गर्दा भन्सार छलेर सुन ल्याइएको पाइएको विमानस्थल प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here