काठमाडौं- काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, गण्डकी गाउँपालिका-१ बुट्टार घाटबेशीस्थित त्रिशुली नदीको किनारमा सोही गाउँपालिका-४ बस्ने १८ वर्षीय भोटे चेपाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषा हंसपुर नगरपालिका-३ मझौरा टोल बस्ने ४० वर्षीया बविता देवी मण्डल घर भन्दा ३ सय मिटर टाढा पोखरीमा मृत अवस्थामा फेला परेकी छन् ।
सिरहा, मिर्चैया नगरपालिका-७ स्थित हरियो समुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । नुवाकोट, बेलकोटगढी नगरपालिका-५ केउरेनीस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।


















