काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’ यसअघि प्रचण्ड–माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल गरेकाे समाचार प्राप्त भएकाे छ ।


















