राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आव्हान

179

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि अधिवेशन आव्हान गर्नुभएको हो ।

गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसद आव्हानको विषयमा छलफल गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीकाअनुसार अस्तीको बैठकमा सामान्य छलफल भएपनि आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद आव्हानको राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई गत मंगलबार बदर गरेर १३ दिनभित्र संसद बैठक आव्हानको परमादेश गरेपछि मन्त्रिपरिषदको आजको बैठकले संसद आव्हानको सिफारिस गरेको हो । राष्ट्रपति कार्यालयले केही बेरमा संसद आव्हानको औपचारिक विज्ञप्ती जारी गर्ने प्रमुख स्वकीय सचिव अधिकारले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here