प्रहरी गहिरोमा-प्रदर्शनकारी उचाइमा थिए, हवाई फायर गर्दा गोली लाग्योः गृहमन्त्री बादल

212

काठमाडौं / सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ । सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको छ । त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सरोज नारायण यादवको मृत्यु भएको  हो ।

मंगलबार संसदमा कांग्रेस र राजपा सांसदहरुले यसबारे प्रश्न उठाए । हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो भन्ने उनीहरुको प्रश्न थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिँदै भने हवाई फायरमै उनको मृत्यु भएको हो । उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको थियो ।

प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको हो, गृहमन्त्री थापाले भने,- ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here