काठमाडौं– काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जनाए।
प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो।
उनले आफूलाई धर्ती माता जनाउँदै एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गर्न थालेपछि उनी पक्राउ परेकी थिइन् ।
उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्।

















