काठमाडौं । साताको चौथो दिन नेपाली स्थानीय बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ ।


















