काठमाडौं । अर्थ मन्त्रालयले ११३ ओटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रूपमा निकासा गर्ने भएको छ ।
स्थानीय तहका सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६२६ ओटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्न भएको आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिएको छ ।
















